logo

२०८३ असोज ८ बिहिबार

भारतका प्रधानमन्त्री मोदीविरुद्धको अविश्वास प्रस्ताव संसदबाट अस्वीकृत

भारतका प्रधानमन्त्री मोदीविरुद्धको अविश्वास प्रस्ताव संसदबाट अस्वीकृत


हाम्रो राष्ट्र
  • बिहिबार, २५ साउन २०८०
  • 1.4K
    SHARES

    भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले संसदमा विपक्षीले दर्ता गरेको अविश्वासको प्रस्तावलाई अस्वीकृत गरेको छ । दुई राजनीतिक पक्षबीच तीन दिनसम्म चर्को रूपमा संसद्मा छलफल भएपछि बिहीबार उक्त प्रस्ताव असफल भएको हो ।

    विपक्षी दल कंग्रेसले प्रधानमन्त्री मोदीलाई मणिपुर राज्यमा भएको हिंसाबारे बोल्न बाध्य पार्न चाहेको बताएको थियो। मणिपुरमा गत मे महिनामा दुई समुदायबिच झडपहरू सुरु भए पनि त्यो क्षेत्रमा मोदी अहिलेसम्म पुगेका छैनन् र उनले उक्त घटनाबारे आज मात्रै तल्लो सदन लोक सभामा सम्बोधन गरेका हुन्।

    सम्बोधनमा विपक्षी दलको चर्को आलोचना गरेका उनले मणिपुर राज्यमा शान्ति कायम गराएरै छाडिने र त्यहाँ महिलाहरूमाथि अक्षम्य अपराध भएको भन्दै दोषीलाई कडा सजाय दिलाइने बताए।

    संसद्मा जबाफ दिने क्रममा मोदीले विपक्षी गठबन्धनलाई ‘घमण्डी गठबन्धन’ भन्दै अर्को वर्ष हुने चुनावमा उक्त गठबन्धन अझ कमजोर भएर जाने दाबी गरे।

    उनले चुनाव जित्नका लागि विपक्षीहरूले जनतामाथि नयाँनयाँ बोझ थोपरेको भन्दै अबको पाँच वर्षमा आफूले भारतलाई विश्वको तेस्रो अर्थ व्यवस्था बनाउने दाबी पनि गरे।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend