logo

२०८३ असोज ८ बिहिबार

सिङ्गापुरमा लागुऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ

सिङ्गापुरमा लागुऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ


हाम्रो राष्ट्र
  • शनिबार, २७ साउन २०८०
  • 1.2K
    SHARES

    सिङ्गापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई पक्राउ गरेको छ । हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटेल भिलामा ती संदिग्धहरू पक्राउ परेका हुन् ।

    ती ४९ संदिग्धहरू २१ देखि ४६ वर्ष उमेर समूहका छन् । जसमध्ये ३५ सिङ्गापुरका नागरिक रहेको बताइएको छ । कारबाहीका क्रममा ‘एक्स्टेसी’ र केटामाइन लगायतका नियन्त्रित लागुऔषध र लागुऔषध सामग्री बरामद गरिएको पनि बताइएको छ। यस बारे थप अनुसन्धान जारी छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend