logo

२०८३ असोज ८ बिहिबार

यमनमा चट्याङ लागेर ४ जनाको मृत्यु

यमनमा चट्याङ लागेर ४ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, २८ साउन २०८०
  • 1.4K
    SHARES

    यमनको उत्तरी प्रान्तमा भएका छुट्टाछुट्टै दुर्घटनामा चट्याङ लागेर चार जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

    दुर्घटनाहरू शनिबार साँझ होदेइदाह, रायमाह र अल–बायदा प्रान्तहरूमा भएका थिए।मृत्यु हुनेमा होडेडाहमा दुई, रायमाहमा एक र अल–बैदामा एक बच्चा थिए । त्यस्तै राईमा चट्याङ लागेर अन्य चार जना घाइते भएका छन् ।

    चट्याङ, वर्षा र आँधीबेहरीले उत्तरी यमनमा केही हप्तादेखि दुःख दिइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । यमनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले धेरै प्रान्तहरूमा चट्याङको खतराको चेतावनी जारी गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend