logo

२०८३ असोज ८ बिहिबार

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोको बैङ्क खाताबारे अनुसन्धान गर्न अदालतको आदेश

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोको बैङ्क खाताबारे अनुसन्धान गर्न अदालतको आदेश


हाम्रो राष्ट्र
  • शनिबार, २ भाद्र २०८०
  • 1.3K
    SHARES

    ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशले पूर्व राष्ट्रपति जायर बोल्सोनारो र उनकी पत्नी मिचेलले गहना तथा अन्य सरकारी उपहारहरू हिनामिना गरेको आरोपमा प्रहरीलाई बैङ्क रेकर्डमा पहुँचका लागि अनुमति दिएका छन् ।

    बोल्सोनारो र उनका पूर्व सहयोगीहरूले आफ्नो कार्यकालमा साउदी अरेबिया र बहराइनजस्ता देशहरूबाट प्राप्त महँगा वस्तुहरू अवैध रूपमा राख्न र बेच्ने प्रयास गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्ड्रे डी मोरेसले सङ्घीय प्रहरीलाई बोल्सोनारोको ब्राजिलमा रहेको बैङ्क र करसम्बन्धी रेकर्डको अनुसन्धान गर्न तथा संयुक्त राज्य अमेरिकामा उनीहरूको बैङ्क रेकर्डमा पहुँचका लागि अनुरोध गर्न अधिकार दिएका हुन् ।

    बोल्सोनारो आफ्नो कार्यकाल समाप्त हुनुभन्दा दुई दिन अघि ब्राजिलबाट संयुक्त राज्य अमेरिका प्रस्थान गरेका थिए । आफ्ना उत्तराधिकारी, अनुभवी वामपन्थी लुइज इनासियो लुला डा सिल्भाको जनवरी १ को शपथलाई बेवास्ता गर्दै उनी अमेरिका गएका थिए । निर्बाचनमा सिल्भाले गत अक्टोबरमा बोल्सोनारोलाई पराजित गरेका थिए ।

    अमेरिकामा बोल्सोनारोका सहयोगीहरूले विदेशी सरकारहरूबाट विभिन्न बहुमूल्य उपहारहरू बेचेको वा बेच्ने प्रयास गरेको आरोप लगाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend