logo

२०८३ असोज ८ बिहिबार

शेयर बजारमा २२ अंकको गिरावट

शेयर बजारमा २२ अंकको गिरावट


हाम्रो राष्ट्र
  • आइतबार, ३ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । साताको पहिले दिन आइतबार शेयर बजार नेप्से ओरालो लागेको छ । आइतबार नेप्से २१ दशमलव ९९ अङ्कले घटेर दुई हजार ११ दशमलव १४ विन्दुमा झरेको छ ।

    सबै समूहको शेयर घटेकोमा होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज कृषि विकास बैंकको डिबेन्चर सबैभन्दा धेरै १० प्रतिशत र अपर साङ्गे जलविद्युत् कम्पनीको शेयर नौ प्रतिशतले घटेको छ ।

    समग्रमा बजार राताम्मे भएको दिन फरवार्ड लघुवित्तको शेयर साढे चार प्रतिशत र आरएसडीसी लघुवित्त तथा सानिमा लार्ज क्याप फन्डको शेयर चार प्रतिशतले बढेको छ । आज दुई सय ६९ वटा कम्पनीका ४४ लाख ५९ हजार कित्ता शेयर किनबेच भएका छन् ।

    ४३ हजार तीन सय पटक भएका कारोबारमा एक अर्ब ४४ करोड ७४ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ६३ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend