logo

२०८३ असोज ८ बिहिबार

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ आज

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ आज


हाम्रो राष्ट्र
  • सोमबार, ४ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आज संसदीय सुनुवाइ गर्ने भएको छ । उजुरीको समयसीमा समाप्त भएपछि आइतबार बसेको समिति बैठकले सुनुवाइको निर्णय गरेको हो ।

    सुनुवाइअघि आज नै एक जना उजुरीकर्तासँग समितिले छलफल गर्ने छ । उनीविरुद्ध इमेलबाट दुई र सचिवालयमा एउटा उजुरी परेको थियो । विषयवस्तुका आधारमा एक जनासँग समितिले छलफल गर्न लागेको हो । कार्यसम्पादन र मुद्दाको विषयमा रहेको उजुरीमा समितिले उजुरीकर्तासँग छलफल गर्ने निर्णय गरेको छ ।

    समितिले साउन २३ गते सुनुवाइ प्रव्रिmया आह्वान गर्दैै प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो । उजुरीको प्रक्रिया सकिएपछि समितिले सुनुवाइको मिति तोकेको हो । आज नै समितिले निर्णय प्रक्रियासमेत सम्पन्न गर्ने छ । सङ्घीय संसद्को संयुक्त बैठक तथा समिति सञ्चालनसम्बन्धी नियमावली अनुसार सुनुवाइ प्रक्रिया प्रारम्भ भएको ४५ दिनभित्र समितिले निर्णय गरिसक्नुपर्ने छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend