logo

२०८३ असोज ८ बिहिबार

ललिता निवास प्रकरणमा बाबुरामले दिए सीआईबीलाई जवाफ

ललिता निवास प्रकरणमा बाबुरामले दिए सीआईबीलाई जवाफ


हाम्रो राष्ट्र
  • सोमबार, ४ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो संलग्नता बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई जानकारी दिएका छन् ।

    भट्टराईले आइतबार अपरान्ह सीआईबीका अधिकारीलाई निजी निवासमा बोलाएर यसबारे जवाफ दिएका हुन् । भट्टराईले सामाजिक संजालमार्फत आफनोबारेमा उठेका प्रश्नको सीआईबीलाई जवाफ दिएको जानकारी गराएका छन् ।

    उनले भनेका छन्, ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी ) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु । यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend