काठमाडौं । ललितानिवास प्रकरणमा प्रहरीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि बयान लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्री नेपालसँग निवासमा गएर बयान लिएको हो ।
ललिता निवासको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिका नाममा दर्ता गर्ने प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ।
यस प्रकरणमा सर्वोच्च अदाललते पिरामिडको माथिल्लो संरचनामा रहेकाहरूलाई पनि अनुसन्धानका दायरामा ल्याउन आदेश दिएको थियो । पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालसँग सीआईबीले बयान नलिएको भनेर आलोचना भइरहेका बेला अन्तिम समयमा आएर सीआईबीले बयान लिएको हो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend