काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा सुरु भएको छ । संसदको गतिरोध अन्त्यलगायतका समसायमिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले सर्वदलीय बैठक डाकेका हुन् । तर राष्ट्रपतिले संविधानविपरीत अनावश्यक सक्रियता देखाएको भन्दै यौ बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले सहभागी छैन ।
राष्ट्रिय राजनीतिमा राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको भन्दै बैठक एमालेले बहिस्कार गरेको हो । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, रास्वपाका सभापति रवि लामिछाने, जसपा नेता प्रदीप यादव, जनमत पार्टीका नेता अब्दुल खान, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, स्वतन्त्र सांसद अमरेश कुमार सिंहलगायतका नेताहरूको सहभागिता रहेको छ ।
राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि यसअघि राष्ट्रपति प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए ।



© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend