logo

२०८३ असोज ८ बिहिबार

संसदीय समितिका सभापतिको निर्वाचन आगामी सोमबार हुने

संसदीय समितिका सभापतिको निर्वाचन आगामी सोमबार हुने


हाम्रो राष्ट्र
  • बिहिबार, ७ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौँ । संसदीय समितिका सभापतिको निर्वाचन आगामी सोमबार हुने भएको छ । बिहीबार सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोक्न लागेका हुन् ।

    सभामुख घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा संसदीय समितिका सभापतिको निर्वाचन समय तोक्नेछन् । सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सभामुखले भदौ ११ गते सोमबार प्रतिनिधिसभाका १० संसदीय समितिको सभापतिका लागि निर्वाचन मिति तोक्न लागेका हुन् ।

    प्रतिनिधिसभाका १० र दुई वटा संयुक्त समितिका सभापति चयन भएका छैनन् । सभामुखले सभापति चयनका लागि मिति नतोक्दा र राजनीतिक दलहरूले चासो नराख्दा संसदीय समितिहरू प्रभावहीन भएका थिए । दलहरुबीच कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले २, एकीकृत समाजवादी, जसपा र जनमतले १–१ वटा समितिको सभापति लिने सहमति भइसकेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend