logo

२०८३ असोज ८ बिहिबार

कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ : अध्यक्ष ओली

कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ : अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ भाद्र २०८०
  • 1.1K
    SHARES

    विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले गैरसंविधानिक काम गर्दा आफू अचम्ममा परेको बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसजस्तो पुरानो पाटीले संविधान नमानेको देख्दा आफूलाई अचम्म लागेको बताएका हुन् ।

    उनले भने, ‘माओवादीले संविधान मान्दिन भनेर हतियार उठाएर गएको थियो । अहिले पनि मानेको छैन । तर कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ ।’

    उनले गठबन्धनले असंवैधानिक गतिविधि गरेकोसमेते आरोप लगाए । अध्यक्ष ओलीले ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरे ।

    उनले माओवादीले द्वन्द्व बढाएको आरोप लगाए । उनले भने, ‘समाजवादी मोर्चाले समस्या पारेको छ । एकातिर प्रदेशको नामको पक्षमा भोट हाल्छ अर्कोतिर बाहिर आउँछ ढुङ्गा मुढा गर्छ मान्छे मराउँछ । प्रचण्डको पार्टी, माधव नेपालको पार्टी र जसपाले द्वन्द्व बढाइरहेका छन् ।’

    उनले अहिलेको सरकारले साम्प्रदायिक द्वन्द्व बढाउने काम गरिरहेका समेत आरोप लगाए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend