logo

२०८३ असोज ८ बिहिबार

सामाजिक सद्भाव खल्बल्याउनेविरुद्ध सचेत रहनुपर्छः रक्षामन्त्री खड्का

सामाजिक सद्भाव खल्बल्याउनेविरुद्ध सचेत रहनुपर्छः रक्षामन्त्री खड्का


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ भाद्र २०८०
  • 1.1K
    SHARES

    eQmk'/, * ebf} -/f;;_ M pkk|wfgdGqL Pj+ /IffdGqL k"0f{axfb'/ v8sf cfh rfFu'gf/fo0f gu/kflnsf j8f g+= % sf] gjlgld{t j8f sfof{no ejg / :jf:Yo rf}sL ejgsf] pb3f6g sfo{qmddf af]Nb} . tl:j/ M /d]z lu/L, /f;;

     

    भक्तपुर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केही समययता विभिन्न बाहनामा मिलेर बसेको नेपाली समाजको सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट सबै सचेत रहनुपर्ने बताएका छन् ।

    चाँगुनारायण नगरपालिका–५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको शुक्रबार उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले देशलाई सामाजिक एवं राष्ट्रिय एकताको एउटै सुत्रमा बाँधेर अगाडि लैजानु जरुरी रहेको स्पष्ट पारे ।

    सदियौँदेखि देशमा विभिन्न भूगोल र समाजमा विभिन्न जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा एकतामा बाँधिएको उल्लेख गर्दै उनले यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम कहीँकतैबाट हुनु नहुनेमा जोड दिए ।

    “देशमा सबै जातजाति, भाषाभाषी, कला, संस्कृति, धर्म, भूगोल, सबै नेपालीबीच सदियौँदेखि एकताबद्ध छ, कुनै जातजाति, भाषा, धर्म, संस्कृति, वर्गको नाममा द्वन्द्व छैन,” उपप्रधानमन्त्री खड्काले भने, “यो वा त्यो बहानामा जातीय तथा साम्प्रदायिक द्वन्द्वको सृजनालाई प्रश्रय दिने काम भइरहेको छ, त्यसतर्फ सबै सचेत भएर एकताको बलमा देशको सार्वभौमिकता, अखण्डतालाई कायमै राख्दै जनताको विकासको आकाङ्क्षालाई पूरा गर्न एक भएर लाग्नुपर्छ ।”

    सङ्घ, प्रदेश र स्थानीय तहको सरकार मिलेर राष्ट्रिय एकतालाई कायम राख्दै विकासको अभियानलाई पूरा गर्न सरकार, जनप्रतिनिधि र जनता एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए । विकासका लागि विभिन्न तहका सरकारबाट बजेटको समन्वय गरेर आवश्यकताको पहिचान गरी एउटै आयोजनामा दोहोरो बजेट नपर्ने गरी व्यवस्थित रुपमा विकासका योजना अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

    जनप्रतिनिधिलाई कुनै पनि किसिमको लोभबाट मुक्त हुन निर्देशन दिँदै उपप्रधानमन्त्री खड्काले भने, “तपाईंहरु सबै लोभ र मोहबाट मुक्त हुनुहोस्, लोभ र मोहबाट मुक्त हुन सके डरमुक्त हुन्छ, भयमुक्त हुन्छ, तब देशमा भ्रष्टाचार नियन्त्रण हुन्छ र सुशासन आउँछ, त्यसैले यो अभियानमा हिँड्नुपर्छ ।”

    देशको अर्थतन्त्र अहिले ऋणात्मक अवस्थामा रहेको भन्दै उनले  सरकारले चाहेको जति बजेट छुट्याउन सक्ने अवस्था नरहेको पनि स्पष्ट पारे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend