logo

२०८३ असोज ८ बिहिबार

मदिरा नष्ट गर्न फ्रान्सले २८ अर्बभन्दा बढी खर्च गर्दै

मदिरा नष्ट गर्न फ्रान्सले २८ अर्बभन्दा बढी खर्च गर्दै


हाम्रो राष्ट्र
  • शनिबार, ९ भाद्र २०८०
  • 1.3K
    SHARES

    फ्रेन्च सरकारले खपत नभएको मदिरा नष्ट गर्न तथा उत्पादकहरूलाई सघाउनका निम्ति २० करोड युरो अर्थात् २८ अर्ब ६० करोड नेपाली रुपैयाँ छुट्ट्याउन लागेको जनाएको छ ।

    मागमा आएको कमी र क्राफ्ट बीअर पिउने मानिसहरूको सङ्ख्या बढ्न थालेपछि फ्रान्समा मदिरा उद्योग समस्यामा परेको बताइएको छ । खपतभन्दा बढी उत्पादन हुनु र जीवनयापनको खर्च बढ्दै जानुले पनि मदिरा उद्योग मारमा परेको बताइन्छ ।

    २० करोड युरोको अधिकांश हिस्सा अतिरिक्त भण्डारणका लागि खर्च गरिनेछ अनि ह्यान्ड स्यानिटाइजर, सरसफाइसम्बन्धी उत्पादन र अत्तरमा उपयोगका लागि अल्कोहल विक्री गरिनेछ ।

    मदिराको अत्यधिक उत्पादनमा कटौती गर्ने प्रयासमा जैतुन जस्ता बस्तुको उत्पादन गर्न मदिरा उत्पादकहरूलाई रकम उपलब्ध गराइनेछ । कृषिमन्त्री मार्क फेनोले उद्योगमा लगानी गरेर फ्रेन्च सरकारको लक्ष्य मूल्य गिरावटलाई रोक्नु रहेको बताए ।

    आर्थिक सहायत हुँदाहुँदै मदिरा उद्योगले अब भविष्यबारे विचार गर्नुपर्ने र उपभोक्ताले उपभोग गर्ने शैलीमा ल्याएका परिवर्तनबारे सोच्नुपर्ने बताए ।

    मदिरा उद्योगलाई सहायताका लागि युरोपेली सङ्घ ईयूले तोकेको प्रारम्भिक १६ करोड युरो बराबरको कोषलाई बढाएर फ्रेन्च सरकारले २० करोड युरो पुर्याएको छ ।

    युरोपेली आयोगको जून महिनासम्मको तथ्याङ्क अनुसार इटलीमा मदिरा सेवनमा ७ प्रतिशतले, स्पेनमा १० प्रतिशतले, फ्रान्समा १५ प्रतिशतले, जर्मनीमा २२ प्रतिशतले र पोर्चुगलमा ३४ प्रतिशतले कमी आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend