logo

२०८३ असोज ८ बिहिबार

जनताले बुझ्ने गरि सुन काण्डको छिनोफानो हुनुपर्छ : शेखर कोइराला

जनताले बुझ्ने गरि सुन काण्डको छिनोफानो हुनुपर्छ : शेखर कोइराला


हाम्रो राष्ट्र
  • शनिबार, ९ भाद्र २०८०
  • 1K
    SHARES

    विराटनगर । कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

    विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कोइरालाले धार्मिक सद्भाव लडखडाइरहेको अवस्थामा प्रधानमन्त्री दाहालले थप द्वन्द्व निम्ताउने प्रयास गरेको आरोप लगाएका हुन् ।

    कोइरालाले भने, ‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्त्यउने प्रयास प्रधानमन्त्रीले गरिसक्नु भएको छ। परिस्थिति धार्मिक खासियत लडखडाएको छ।’

    पछिल्लो समय सुनसरीको धरानमा भएको घटनाले मुलुकमा असर गर्ने भन्दै कोइरालाले भने, ‘मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिदैन। संविधानमा लेखिएका कुरा बाहिर कदापी स्वीकार्य हुँदैन। कुनैपनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य हुनु हुँदैन।’

    उनले मुलुकको राजनीति कता मोडिएको भन्दापनि अप्ठ्यारो परिस्थितीमा गएकोमा चिन्तित भएको बताए । कोइरालाले भने, ‘देशको प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउँछु भनेर अभिव्यक्ति दिए। त्यो कत्तिको उचित हो ?’ जिम्मेवार व्यक्तिबाट यसप्रकारका अभिव्यक्ति आउँदा मुलुकमा अप्ठ्यारो अवस्था आउनेछ।’

    त्यसैगरी, उनले मुलुक अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको पनि बताए । उनले भने, ‘यहाँ देखिएको सुन तस्करले विश्वलाई केन्द्रित गराएको छ। सुनकाण्डमा भारत र चीन देखिएका छन्। तर अरू मुलुकले समेत चलखेल गर्दै आएका छन्। सुन तस्करी काण्डमा सरकारले उच्चस्तरीय छानबिन समितिबाट छानविन गर्नुपर्नेछ । सुन काण्डको छिनोफानो जनताले बुझ्ने गरि हुनुपर्छ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend