logo

२०८३ असोज ८ बिहिबार

काठमाडौंलाई ट्रान्जिट बनाएर निगमले भैरहवाबाट हङकङ र नयाँदिल्ली उडान गर्ने

काठमाडौंलाई ट्रान्जिट बनाएर निगमले भैरहवाबाट हङकङ र नयाँदिल्ली उडान गर्ने


हाम्रो राष्ट्र
  • आइतबार, १० भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँदिल्लीमा नियमित उडान गर्ने भएको छ । निगमले आगामी मंगलबारदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने घोषणा गरेको हो ।

    भैरहवाबाट हरेक मंगलबार साताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमले जनाएको छ ।

    उडान तालिका अनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । त्यसपछि ट्रान्जिट भइ हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend