logo

२०८३ असोज ८ बिहिबार

लिबियाकी विदेशमन्त्री निलम्बन

लिबियाकी विदेशमन्त्री निलम्बन


हाम्रो राष्ट्र
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.2K
    SHARES

    लिबियाका प्रधानमन्त्रीले इजरेली विदेशमन्त्रीसँग अनौपचारिक रूपमा भेट गरेको भन्दै आफ्नो देशकी विदेशमन्त्रीलाई निलम्बन गरेका छन् । प्यालेष्टिनी मुद्दाहरूको ठूलो समर्थक रहँदै आएको लिबियाले इजरेलको अस्तित्वलाई मान्यता दिँदैन र दुई विदेशमन्त्रीबीच भेट भएको भन्ने समाचार विवरण सार्वजनिक भएपछि उक्त अरब बाहुल्य देशमा विभिन्न विरोध प्रदर्शनहरू चर्किएका छन् ।

    इजरेलका विदेशमन्त्री एली कोहेनले भने आफ्नी लिबियाली समकक्षी नाज्ला अल माङ्गुशसँगको भेट आपसी सम्बन्ध स्थापनाका लागि ऐतिहासिक पहिलो कदम भएको बताएका छन् । इजरेल हाल औपचारिक रूपमा आफ्नो अस्तित्वलाई मान्यता नदिएका अरब तथा मुस्लिम बाहुल्य देशहरूसँग निकट सम्बन्ध बनाउन प्रयासरत छ। त्यसमध्ये खनिज तेलमा सम्पन्न लिबिया पनि एक हो ।

    तर लिबियाका तीन प्रदेशहरूको प्रतिनिधित्व गर्ने राष्ट्रपतीय परिषद्ले इजरेलसँगको सम्बन्ध सामान्य बनाउनु अवैधानिक हुने बताएको छ। लिबियाको संसद्का सभामुखको कार्यालयले अल माङ्गुशलाई ‘महाराज्यद्रोह’को आरोप लगाएको छ भने प्रधानमन्त्री अब्दुल हमिद डिबेबाले उनीविरुद्ध अनुसन्धान गर्न सिफारिस गरेका छन्।

    कोहेनले भने आफूले अल माङ्गुशलाई रोमको एक सम्मेलनका क्रममा गत सात संयोगवश भेटेको बताएका छन्। आफूहरूबीच ‘दुई देशहरूको सम्बन्धको ठूलो सम्भाव्यता’बारे छलफल भएको उनले बताएका छन् । उनका अनुसार मानवीय सवाल, कृषि, जल व्यवस्थापनमा इजरेली सहयोग र लिबियामा रहेका सिनगोग तथा समाधिस्थलहरूलगायत यहुदी ऐतिहासिक सम्पदाहरूको संरक्षणको महत्त्वबारे छलफल भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend