logo

२०८३ असोज ८ बिहिबार

भ्रष्टाचार नियन्त्रणका विषयमा पार्टीले गृहमन्त्री र प्रहरीलाई कुनै दबाब दिँदैनः नेता रिजाल

भ्रष्टाचार नियन्त्रणका विषयमा पार्टीले गृहमन्त्री र प्रहरीलाई कुनै दबाब दिँदैनः नेता रिजाल


हाम्रो राष्ट्र
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.2K
    SHARES

    चितवन । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले गठबन्धन परिवर्तन गर्ने कांग्रेसको कुनै मनसाय नरहेको बताएका छन् । मंगलबार चितवनको भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धन बनाउने नाममा कांग्रेसले आफ्ना मूल्य र मान्यतामा सम्झौता नगरेको बताए ।

    कांग्रेसका आधारभूत मूल्य र मान्यताभन्दा बाहिर नगएसम्म सरकारले कांग्रेसबाट चिन्ता गर्न नपर्नेमा जोड दिँदै नेता रिजालले त्यस मूल्य र मान्यताभन्दा बाहिरबाट सहयोग खोज्न नहुने बताए ।

    नेपाली कांग्रेसले भ्रष्टाचारका विषय लुकाउनु पर्छ भनेर कहीँ नबोलेको उल्लेख गर्दै उनले केन्द्रीय समितिको बैठकमा समेत यो विषयमा निर्णय भएको उल्लेख गरे । भ्रष्टाचार नियन्त्रणका विषयमा पार्टीले गृहमन्त्री र प्रहरीलाई कुनै पनि किसिमको दबाब नदिएको चर्चा गर्दै नेता रिजालले भने, “अनुमानको भरमा कसैलाई आरोप लगाएर हिँड्नु हुँदैन । कांग्रेस पार्टीले निर्णय नै गरेको छ ।”

    सरकारको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस भएको दोहोर्याउँदै उनले भने, “कांग्रेसले नचाहँदा न सरकार रहन्छ, न कुनै काम अघि बढ्न सक्छ । कांग्रेसको चाहना विपरीत भयो भन्नु झुट्टा प्रचार हो ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend