logo

२०८३ असोज ८ बिहिबार

माछापुच्छ्रे बैंकको लाभांश घोषणा

माछापुच्छ्रे बैंकको लाभांश घोषणा


हाम्रो राष्ट्र
  • बुधबार, १३ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौँ । माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई नगद र बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १४ प्रतिशत (१३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत) बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

    बैंकको प्रस्तावअनुसार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा वितरण हुनेछ । गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने पहिलो बैंक माछापुच्छ्रे बनेको छ ।

    बैंकले प्राथमिक पूँजीकोष पुर्याउन नसक्दा आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट गत आर्थिक वर्षमा शेयरधनीलाई लाभांश वितरण गर्न पाएको थिएन । दुई आर्थिक वर्षको मुनाफाबाट बैंकले यसपटक १४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend