logo

२०८३ असोज ८ बिहिबार

बृहत् ब्रिक्स थप सशक्त हुने ब्राजिलका राष्ट्रपतिको दाबी

बृहत् ब्रिक्स थप सशक्त हुने ब्राजिलका राष्ट्रपतिको दाबी


हाम्रो राष्ट्र
  • बुधबार, १३ भाद्र २०८०
  • 975
    SHARES

    ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्समा उदीयमान अर्थतन्त्रयुक्त देश नयाँ सदस्यका रुपमा थपिएपछि समूह अझ सशक्त र सुदृढ भएको ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले बताएका छन् ।

    ब्राजिलको सरकारी प्रसारण संस्थाको साप्ताहिक कार्यक्रममा उनले छ वटा देश ब्रिक्समा थपिएपछि यो अझ महत्वपूर्ण र शक्तिशाली भएको बताए । समूहका गतिविधि र प्रगतिबारे जानकारी लिन तथा सदस्य देशका सरकार प्रमुख एवं राष्ट्राध्यक्षसँग विचार आदानप्रदान गर्न शिखर सम्मेलन फलदायी रहेको बताए । गत साता दक्षिण अफ्रिकी शहर जोहानेसबर्गमा ब्रिक्सको १५ औँ शिखर सम्मेलन भएको थियो।

    “मलाई लाग्छ ब्रिक्सको विस्तारपछि आर्थिक मामिलामा संसार उस्तै रहँदैन, सदस्य देशबीचको व्यापारलाई सहज बनाउन साझा मुद्रा सुरु गर्न सकिन्छ । हामीलाई डलरसँग व्यापार गरीराख्न आवश्यक छैन । हामी हाम्रै मुद्रा चलाउन वार्ता गर्न सक्छौँ, यो काम गर्नैपर्ने भएको छ,” अर्को शिखर सम्मेलन आयोजना हुने समयसम्ममा ब्रिक्सले निर्यातका लागि आफ्नै मुद्रा स्थापना गर्ने लक्ष्यका काम गनुपर्ने र छलफल गरेर अर्थमन्त्रीहरूलाई अनुमति दिनुपर्ने जानकारी दिँदै ब्राजिलका राष्ट्रपतिले भने ।

    ब्रिक्स मुद्रा प्रचलनमा ल्याउने प्रयास डलरविरुद्ध नभएको स्पष्ट गर्दै उनले त्यसो गर्दा ब्राजिलको अर्थतन्त्रलाई बलियो हुने र त्यसले देशलाई नै फाइदा पुग्ने बताए । ब्रिक्सको पन्ध्रौँ शिखर सम्मेलनको अन्त्यमा अर्जेन्टिना, साउदी अरब, इजिप्ट, संयुक्त अरब इमिरेट्स, इरान र इथियोपियालाई नयाँ सदस्यका रुपमा घोषणा गरिएको थियो । आगामी जनवरी १ देखि नयाँ सदस्य औपचारिक रुपमा ब्रिक्समा सामेल हुनेछन् ।

    यसैबीच, एएफपीका अनुसार ब्रिक्समा सामेल हुने नयाँ देशबीच खासै समानता देखिदैन । आफ्नो क्षेत्रमा सबै देशको उत्तिकै महत्व छ तर साउदी अरब, इरान, संयुक्त अरब इमिरेट्स र इजिप्टको समावेशलाई ब्रिक्स मध्यपूर्वतर्फ अधिक केन्द्रित भएको देखाउँछ । यसमा भूआर्थिक, भूरणनीतिक र भूराजनीतिक प्रभाव रहेको चीन र अफ्रिकामा केन्द्रित दक्षिण अफ्रिकी थिङ्क ट्याङ्क ग्लोबल डायलग इन्स्टिच्युटका वरिष्ठ अनुसन्धान फेलो सानुषा नायडू बताउँछिन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend