logo

२०८३ साउन १४ बिहिबार

बढ्यो इन्धनको मूल्य, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ बृद्धि

बढ्यो इन्धनको मूल्य, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ बृद्धि


हाम्रो राष्ट्र
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.1K
    SHARES

     

    काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर  दुई सय ३५ ले बढेको छ ।

    निगमले मूल्य वृद्धि बिहीबार मध्यरातिदेखि लागू हुने जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ ।

    निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशस् प्रतिलिटर तीन दशमलव १७ र दुई दशमलव ४८ तथा एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर  एक सय ८६ दशमलव ४५ ले वृद्धि भएर आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend