logo

२०८३ साउन १४ बिहिबार

नोवेल पुरस्कारको भोजमा रुस, इरान र बेलारुसलाई पनि निम्तो

नोवेल पुरस्कारको भोजमा रुस, इरान र बेलारुसलाई पनि निम्तो


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.3K
    SHARES

    नोबेल फाउन्डेसनले गत वर्ष नोबेल पुरस्कार भोजमा आमन्त्रण नगरेका रुस, बेलारुस र इरानलाई यो वर्षको भोजमा सहभागी हुन निम्ता गरेको छ ।

    युक्रेन युद्धका कारण गत वर्ष रुस र बेलारुसलाई बोलाइएको थिएन भने इरानको नाजुक मानवअधिकारको स्थितिलाई दृष्टिगत गरी तेहरानलाई पनि भोजमा आमन्त्रित गरिएको थिएन । बेलारुस रुसको प्रमुख सहयोगी होभने उक्त देशका नेता अलेक्ज्याण्डर लुकाशेन्कोले रुसको विशेष सैन्य कारवाहीलाई समर्थन गरेका छन् ।

    तेहरानले लामो समयदेखि आफ्नो मानवअधिकारको अवस्थालाई लिएर अन्तरराष्ट्रिय जगत्बाट आलोचनाको सामना गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घले त्यहाँको सरकारले गत वर्षको विरोध प्रदर्शनमा मानवता विरुद्धको अपराध गरेको हुन सक्ने बताएको छ ।

    प्रत्येक वर्ष स्विडेनको राजधानी स्टकहोममा नोबेल पुरस्कारका छ वटामध्ये पाँच वटा समारोह स्टकहोममा आयोजना हुने गरेका छन् भने नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा प्रदान गरिन्छ । फाउन्डेसनले नोबेल पुरस्कारको मूल्य–मान्यता नमान्नेहरूलाई पनि समावेश गर्न खोजेको जनाएको छ ।

    अध्यागमन विरोधी स्वीडेन डेमोक्र्याट पार्टीका नेता जिमी अक्सनलाई पनि यस वर्ष पहिलो पटक आमन्त्रित गरिएको तर उनले आफू त्यहाँ उपस्थित नहुने बताएका छन् ।

    फाउन्डेसनका कार्यकारी निर्देशक विदार हेल्गेसनले विश्वमा विभाजन बढ्दै गएको तथा क्षेत्रहरूमा विभाजित भइरहेको छ, जहाँ फरक विचारधारा भएकाहरूबीच संवाद पनि कम हुँदै गएकाले सबैलाईं समेट्ने प्रयास गरिएको बताएका छन् ।

    ‘यो प्रवृत्तिलाई रोक्न हामीले नोबेल पुरस्कारसँग स्वतन्त्र विज्ञान, स्वतन्त्र संस्कृति र स्वतन्त्र एवं शान्त समाजको महत्वलाई बुझाउन निमन्त्रणाको दायरालाई फराक पारेका छौँ,’ हेल्गेसनले भनेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend