ग्याबोनले शनिबारदेखि स्थल, समुद्र र हवाई सीमा खुला गर्ने ग्याबोनको संस्थाहरूको सङ्क्रमण र पुनःस्थापना समिति (सीटीआरआई) ले राष्ट्रिय टेलिभिजनमा घोषणा गरेको छ ।
समितिको नाममा भएको ‘कू’ सँगै ग्याबोनका सबै सीमा बन्द गरिएको थियो । ‘समितिले ‘यस शनिबार, (सेप्टेम्बर २, २०२३) देखि तत्काल लागु हुने गरी जमिन, समुद्री र हवाई सीमाहरू खोल्ने निर्णय गरेको छ,’ टेलिभिजनमार्फत् सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यस निर्णयको उद्देश्य देशको निरन्तरतालाई बढावा दिनु र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको सम्मान गर्नु हो ।’
राष्ट्रपति अली बोन्गो ओन्डिम्बाको पुनः निर्वाचनको घोषणापछि समितिको नाममा भएको ‘कू’ को नेतृत्व गरेका ग्याबोनी गणतान्त्रिक गार्डका कमान्डर इन चिफ ब्राइस ओलिगुई न्गुएमालाई बुधबार सैन्य अधिकारीहरूको एक समूहले सङ्क्रमणकालीन नेता (प्रमुख) का रूपमा नियुक्त गरेको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend