logo

२०८३ असोज ८ बिहिबार

कोरोना बीमाको रकम उपलब्ध गराउन बर्तौलाको माग

कोरोना बीमाको रकम उपलब्ध गराउन बर्तौलाको माग


हाम्रो राष्ट्र
  • सोमबार, १८ भाद्र २०८०
  • 988
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले कोरोना बीमाको रकम उपलब्ध गराउन माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले सरकार कुम्भकर्ण भएको आरोप समेत लगाए ।

    सरकारले बीमावापतको करिव ११ अर्ब रकम उपलब्ध गराउन चासो नदिएको उल्लेख गर्दै उनले सो सम्बन्धमा सरकारलाई रुलिङ गर्न माग गरेका हुन् ।

    उनले भने, ‘यो सरकार माटोको तोर्माजस्तो भयो सभामुख महोदय । ऐया पनि छैन, आत्था पनि छैन । विगत ४ वर्षदेखि यो देशका एक लाख ५० हजार भन्दा बढि नागरिकहरुले कोरोनाको बीमा गरेँ । त्यसबापतको ११ अर्व रकम आजसम्म प्राप्त गर्न सकेको छैन । सरकारलाई त्यसको कुनै चासो छैन, सरोकार छैन । कुम्भकर्ण निन्द्रामा पर्यो ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend