logo

२०८३ साउन १४ बिहिबार

कांग्रेसद्वारा बिपी साहित्य महोत्सव मूल तयारी समिति गठन

कांग्रेसद्वारा बिपी साहित्य महोत्सव मूल तयारी समिति गठन


हाम्रो राष्ट्र
  • सोमबार, १८ भाद्र २०८०
  • 1K
    SHARES

     

    काठमाडौँ । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव मूल तयारी समिति गठन गरेको छ । भदौ २४ देखि २६ गतेसम्म महोत्सव मनाउनका लागि पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्जमा ‘बिपी साहित्य महोत्सव मूल तयारी समिति’ गठन गरेको हो ।

    कांग्रेस केन्द्रीय समितिको साउन २ गतेदेखि १० गतेसम्म सम्पन्न बैठकको निर्णयअनुसार भदौ २४ देखि महोत्सव मनाउने निर्णय गरेको थियो ।

    समितिमा पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा, डा डिला सङ्ग्रौला पन्त, योगेन्द्र चौधरी, मधु आचार्य, मदनबहादुर अमात्य, अब्दुल सत्तार, नैनसिंह महर, राजीव ढुङ्गाना, दिलमान पाख्रिन, प्रकाश रसाइली स्नेही, रङ्गमती शाही, प्रा डा गोविन्दराज पोखरेल, हरिशरण नेपाली छन् ।

    केन्द्रीय सदस्य नानु बाँस्तोला, नृपबहादुर बड, विद्यादेवी तिमल्सिना, उर्मिला थपलिया, कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, भक्तपुरका सभापति दुर्लभ थापा र ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठ रहनुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    तीर्थबहादुर श्रेष्ठ, श्रवण मुकारुङ, डा नवराज लम्साल, डा रत्नमणि नेपाल, शैलेन्द्रप्रकाश नेपाल, सन्ध्या पहाडी, सोझो गाउँले, मनोजमणि आचार्य डिल्लीराम सुवेदी, प्रकाश लामिछाने, तीर्थबहादुर थापा, गोकुल लिम्बू, परशुराम पोखरेल, राजेन्द्र पराजुली र प्रताप पौडेल पनि समितिको सदस्यमा रहेका कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend