logo

२०८३ असोज ८ बिहिबार

एर्दोगान र राष्ट्रसङ्घका महासचिवबीच ‘ब्ल्याक सी खाद्यान्न सम्झौता’बारे छलफल हुने

एर्दोगान र राष्ट्रसङ्घका महासचिवबीच ‘ब्ल्याक सी खाद्यान्न सम्झौता’बारे छलफल हुने


हाम्रो राष्ट्र
  • बुधबार, २० भाद्र २०८०
  • 1.2K
    SHARES

    ‘ब्ल्याक सी’ मा भएको खाद्यान्न सम्झौतालाई पुनः कार्यान्वयनमा ल्याउने मध्यस्थताका लागि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग निकट सम्पर्कमा रहेको टर्कीले जानकारी गराएको छ ।

    राष्ट्रपति एर्दोगानले राष्ट्रसंघको महासभाका अवसरमा न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग यस विषयमा छलफल गर्ने भएका हुन् । टर्कीका राष्ट्रपतिले पुटिनसँग सम्झौतालाई पुनः जीवित गर्नका लागि रूसका दुई मुख्य शर्तहरू रहेको बताएका छन् ।

    मस्कोले खाद्यान्न निर्यातको भुक्तानी सहज गराउन आफ्नो कृषि बैङ्कलाई स्विफ्ट भुक्तानी प्रणालीमा पुनः जडान गर्ने र सम्झौतामा संलग्न रूसी जहाजहरूको लागि बीमा प्रदान गरिनुपर्ने मुख्य दुई शर्तहरू रहेको महासचिव गुटेर्रेसलाई जानकारी गराएको एर्दोगानले बताएका छन् । एर्दोगानले संयुक्त राष्ट्रसङ्घले हालै रूसको एउटा मागलाई सम्बोधन गर्ने प्रस्ताव अघि सारेको पनि बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend