logo

२०८३ असोज ८ बिहिबार

महेन्द्र यादवमाथिको आक्रमणको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

महेन्द्र यादवमाथिको आक्रमणको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ


हाम्रो राष्ट्र
  • बिहिबार, २१ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको घटनाबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

    बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्ने सांसदहरूले यादवमाथिको घटनाबारे गम्भीर ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख घिमिरेले यादवमाथिको आक्रमणको घटना र कान्ति बाल अस्पतालमा उपचार अभाव ज्यान गुमाएकी ५ वर्षीया बालिकाबारे सम्पूर्ण जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।

    उनले भने,’आजको आकस्मिक, शून्य र विशेष समयमा कान्ति बाल अस्पतालमा एक जना ५ वर्षीया बालिकाको मृत्यु भएको र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गम्भीर कुरा छन् । यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई म निर्देश गर्दछु।’

    बैठकमा सांसदहरुले यी दुवै अपराधिक घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend