logo

२०८३ असोज ८ बिहिबार

जलवायु परिवर्तन न्युनिकरणका लागि सहकार्य गर्ने आइएमएफ र विश्व बैंकको प्रतिबद्धता

जलवायु परिवर्तन न्युनिकरणका लागि सहकार्य गर्ने आइएमएफ र विश्व बैंकको प्रतिबद्धता


हाम्रो राष्ट्र
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.1K
    SHARES

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकका नेताहरूले जलवायु परिवर्तनले निम्त्याएको ‘अस्तित्वको खतरा’को सामना गर्न दुवै संस्थाबीच अझ नजिकबाट सहकार्य गर्ने घोषणा गरेका छन् ।

    अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा र विश्व बैंकका अध्यक्ष अजय बंगाले जलवायु परिवर्तन विश्व शान्ति, सुरक्षा, आर्थिक स्थिरता र विकासका लागि खतरा रहेको बताएका छन् ।

    दुई ऋणदाताले सबै सदस्य देशहरूलाई उनीहरूको जलवायु र विकास लक्ष्यहरू एकीकृत गर्न मद्दत गर्न आवश्यक रहेको बताएका छन् ।

    भारतमा हुने जी–२० शिखर सम्मेलनमा दुई नेताले जारी गरेको दुर्लभ संयुक्त वक्तव्यले मास्टरकार्डका पूर्व प्रमुख कार्यकारी अजय बंगाले ग्रीष्मऋतुमा आफ्नो भूमिका सुरु गरेदेखि नै जलवायु परिवर्तनको विषयमा जोड दिँदै आएको जोड दिएको छ ।

    बङ्गालाई उक्त पदमा मनोनीत गर्ने बाइडेन प्रशासनले पनि विकास ऋणदाताहरूलाई जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका लागि वित्तीय सहयोग गर्न थप कदम चाल्न दबाब दिइरहेको छ ।

    यस विषयमा जानकार विज्ञका अनुसार जी–२० को बैठकले सदस्य राष्ट्रहरूलाई संयुक्त वक्तव्यमा उल्लेखित जलवायु चुनौतीहरूको सामना गर्न एक साथ आउने कुरा वास्तविक रूपमा चुनौतीपूर्ण भए पनि यो यसले अवसर प्रदान गर्दछ ।

    दुवै नेताले जलवायु परिवर्तनको मुद्दासँगै सदस्य राष्ट्रहमा ऋणको जोखिम बढ्न नदिन थप नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले सदस्य राष्ट्रहरूलाई ‘नयाँ डिजिटल टेक्नोलोजी’को फाइदा लिन र जोखिमहरू कम गर्न, सीमापार भुक्तानी सुधार गर्ने तरिकाहरू सहित’ सहयोग बढाउने घोषणा पनि गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend