logo

२०८३ साउन १४ बिहिबार

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित


हाम्रो राष्ट्र
  • शुक्रबार, २२ भाद्र २०८०
  • 962
    SHARES

    काठमाडौं । आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सूचना जारी गरेर स्थगित गरिएको छ । विजनेस नभएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

    अर्को बैठकको मिति र समय राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् । राष्ट्रियसभामा अहिले जम्मा तीन वटा विधेयक छन् । अध्यागमन विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफल गरी प्रतिवेदन पेस भैसकेको छ ।

    सो विधेयकमाथि गृहमन्त्रीले अध्ययन गर्न समय मागेका छन् । त्यस्तै, विद्युतीय कारोबारसम्बन्धी विधेयक र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक समितिमा दफावार छलफलमा रहेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend