logo

२०८३ साउन १४ बिहिबार

भुटानको ड्रुक एयरले थाल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान

भुटानको ड्रुक एयरले थाल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान


हाम्रो राष्ट्र
  • शनिबार, २३ भाद्र २०८०
  • 1K
    SHARES

    पोखरा । भुटानको ड्रुक एयरले पोखरा उडान सुरु गरेको छ । शनिबार बिहान भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा पानीको फोहोराले विमानको स्वागत गरिएको छ ।

    यो चार्टर्ड उडान हो । चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडान गर्ने बताइएको छ । अंग्रेजी नयाँ वर्षको दिन पारेर १ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यवसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ ।

    अन्य उडान भने आन्तरिक मात्र भइरहेका छन् । अर्को नयाँ विमानस्थल भैरहवाबाट भने नेपाल एयरलाइन्सले तीन गन्तब्यमा उडान थालेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend