logo

२०८३ असोज ८ बिहिबार

शेयर बजारमा दोहारो अंकको बृद्धि

शेयर बजारमा दोहारो अंकको बृद्धि


हाम्रो राष्ट्र
  • आइतबार, २४ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । अइतबार नेप्से १०.२३ अंकले बढेको छ । नेप्से ०.५२ प्रतिशतले बढेर १९४२.६८ विन्दुमा बन्द भएको हो । कारोबारमा आएका १३ समूहगतमध्ये हाइड्रोपावर समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक ०.१४ प्रतिशतले घटेको छ ।

    आज एक अर्ब सात करोड रूपैयाँको सेयर कारोबार भएको छ । २७६ धितोपत्रको ४३ लाख १४ हजार ४१७ कित्ता खरिद–बिक्री भएको छ । सूर्योदय वमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६० रुपैयाँ अर्थात् १० प्रतिशतले वृद्धि भएको हो ।

    यसको सेयर मूल्य प्रतिकित्ता ६६० रुपैयाँ कायम भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबारले सबैभन्दा बढी हिस्सा ओगटेको छ । यो कम्पनीको आठ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend