logo

२०८३ असोज ८ बिहिबार

देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे


हाम्रो राष्ट्र
  • मंगलबार, २६ भाद्र २०८०
  • 910
    SHARES

    काठमाडौँ । सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताएका छन् ।

    उनले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका हुन् । “प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, उनले भनेका छन् । नेम्वाङको हृदयघातबाट गए राति १ः३० बजे निधन भएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend