logo

२०८३ असोज ८ बिहिबार

शेयर बजारमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट


हाम्रो राष्ट्र
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । दुई दिन लगातार बढेको शेयर बजार नेप्से मंगलबार भने घटेको छ । मंगलबार नेप्से१९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ५७ विन्दुमा झरेको छ ।

    म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रोको शेयर १० प्रतिशत र सुपर मादी हाइड्रोको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर १० प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर आठ प्रतिशतले बढेको छ ।

    मंगलबार ३९ लाख १६ हजार कित्ता शेयर एक अर्ब १३ करोड ५० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल एसबीआई बैंकको सात करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend