काठमाडौं । नेपाली चलचित्र ‘एक भागवत र एक गीता’को नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘झिझिया’ बोलको गीत मंगलबार सार्वजनिक गरिएको हो । गीतको भिडियोमा सुहाना थापा र विपीन कार्की प्रस्तुत भएका छन् ।
गीतमा नेहा प्रियादर्शिनी र प्रवेश मलिकको स्वर रहेको छ भने संगीत प्रवेशले नै गरेका हुन् झरना थापा निर्देशित चलचित्रको यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
सुनिलकुमार थापाले निर्माण गरेको यो फिल्ममा विपीन र सुहानाका साथमा धिरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, कविर खड्का, संजोग रसाइली, अनुराग कुँवर, रामकैलाश ठाकुर, मदन ठाकुर, धिरज ठाकुर, मुकेश झा, सुरेन्दर भण्डारी, गंगा झा, केशव क्षेत्री लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र भदौ २९ गते शुक्रबार रिलिज हुँदैछ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend