logo

२०८३ साउन १४ बिहिबार

लिबियामा बाढीका कारण २० हजार मानिस मारिएको अनुमान

लिबियामा बाढीका कारण २० हजार मानिस मारिएको अनुमान


हाम्रो राष्ट्र
  • बिहिबार, २८ भाद्र २०८०
  • 1.3K
    SHARES

    बाढीबाट प्रभावित लिबियामा पीडितहरूलाई राहत उपलब्ध गराउन तथा उद्धारमा सहकार्य गरिरहेको राष्ट्रसङ्घले जनाएको छ । एउटा समुद्री आँधीका कारण देशको पूर्वी सहर डेर्नामा दुईवटा बाँध भत्किएर आएको विनाशकारी बाढीमा पाँच हजार तीनसय जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

    कम्तीमा १० हजार जना हराइरहेकाबताइएको छ र अन्य दशौँ हजार विस्थापित भएका छन् । डेर्नाका नगरप्रमुखले मृतकको सङ्ख्या १८ देखि २० हजारसम्म पुग्न सक्ने अनुमान गरेका छन् । डेर्नाको अवस्थालाई भूकम्प आएपछिको अवस्थासँग तुलना गरिएको छ । टर्किश रेडक्रेसन्टका सहायक निर्देशक इब्राहिम ओजरले त्यहाँ भएको क्षति भूकम्पका कारण भएको जस्तो देखिएको बताए ।

    संयुक्त राष्ट्रसङ्घका एक अधिकारीका अनुसार देशको पूर्व र पश्चिममा अवस्थित सरकारहरूले अन्तर्राष्ट्रिय सहायताका लागि अह्वान गरेका छन् र एकअर्कासँग समन्वय गरिरहेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend