logo

२०८३ असोज ८ बिहिबार

एकीकृत समाजवादीद्वारा २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित

एकीकृत समाजवादीद्वारा २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित


हाम्रो राष्ट्र
  • बिहिबार, २८ भाद्र २०८०
  • 897
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । केन्द्रीय कमिटीको बैठक र केन्द्रीय सचिवालयको बैठकले २१ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।

    अन्तरपार्टी निर्देशनमा केन्द्रीय सचिवालयले स्थायी कमिटी सदस्य हरि पराजुलीलाई केन्द्रीय कमिटीको सचिवमा मनोनित गरेको । केन्द्रीय सदस्यमा मनोनित हुनेमा अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दीपक केसी, धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मिना लामा, रामप्रसाद ढुङाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल, शैलेन्द्र उपाध्याय र सुदेश पराजुली छन् ।

    एकीकृत समाजवादीले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको आयोजना गर्दैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend