logo

२०८३ असोज ८ बिहिबार

रूसी आर्थिक वृद्धिदर सुस्त हुने गभर्नरको चेतावनी

रूसी आर्थिक वृद्धिदर सुस्त हुने गभर्नरको चेतावनी


हाम्रो राष्ट्र
  • शुक्रबार, २९ भाद्र २०८०
  • 1.3K
    SHARES

    रूसको केन्द्रीय बैंकका गभर्नर एल्भिरा नाबिउलिनाले सन् २०२३ को उत्तराद्र्धमा रूसको आर्थिक वृद्धिदर सुस्त हुने चेतावनी दिएकी छन् ।
    लगातार उच्च मुद्रास्फीति र कमजोर रूबलको बावजुद रूसी अधिकारीहरूले युक्रेनमा मस्कोद्वारा लादिएको युद्धको आर्थिक प्रभावलाई धेरै हदसम्म बेवास्ता गरेका छन् ।

    “हामीले यस वर्षको उत्तराद्र्धमा वृद्धिदर अझ मध्यम हुने अपेक्षा गरेका छौं,” बैंकले दुई महिनामा तेस्रो पटक प्रमुख दर बढाएपछि आयोजित पत्रकार सम्मेलनमा नबिउलिनाले भनिन् । “यो द्रूत सुधार आर्थिक वृद्धिको अवधिपछि स्वाभाविक हो । आर्थिक वृद्धिको दर स्रोतको उपलब्धता, मुख्यतः श्रमद्वारा सीमित बनेको छ,” उनले भनिन् ।

    बैंकले सन् २०२३ मा १.५ देखि २.५ प्रतिशतको आर्थिक वृद्धिको अनुमान राखेको छ तर सन् २०२४ का लागि यसलाई घटाएर अधिकतम ०.५–१.५ प्रतिशतमा झारेको छ ।

    केन्द्रीय बैंकले कमजोर रूबल र मुद्रास्फीतिको कारण देखाउँदै आफ्नो प्रमुख दरलाई एक प्रतिशत बिन्दुले बढाएर १३ प्रतिशत पुर्याएको घोषणा गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend