logo

२०८३ असोज ८ बिहिबार

क्षमतावान व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेका छौंः सभापति लामिछाने

क्षमतावान व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेका छौंः सभापति लामिछाने


हाम्रो राष्ट्र
  • शनिबार, ३० भाद्र २०८०
  • 1.3K
    SHARES

     

    गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन् । गोरखा सदरमुकाममा शनिबार आयोजित आमसभामा उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए ।

     

    ‘हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न हिँडेका हौँ’, सभापति लामिछानेले भने । नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रुपमा हेरेको उनको भनाइ थियो ।

    देशलाई समृद्ध बनाउने रास्वपाको अभियान रहेको उल्लेख गर्दै सभापति लामिछानेले क्षमतावान व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताए ।  सभापति लामिछानेले पद पाउनका लागि मात्र आउनेलाई पार्टीले स्वीकार नगर्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend