logo

२०८३ असोज ८ बिहिबार

सुन तस्करी प्रकरणमा गहिरो अनुसन्धान भएनः सभापति लामिछाने

सुन तस्करी प्रकरणमा गहिरो अनुसन्धान भएनः सभापति लामिछाने


हाम्रो राष्ट्र
  • आइतबार, ७ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीमा भएको अनुसन्धानप्रति असन्तुष्टि जनाएका छन् । आइतबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले सुन तस्करी प्रकरणमा गहिरो अनुसन्धान हुन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

    उनले आफूले अनुसन्धान बम होला भन्ने सोचेको तर सलाईको काँटी जस्तो भएको टिप्पणी गरे । उनले भने, ‘उनले अनुसन्धान बम होला भन्ने लागेको थियो । तर सलाईको काँटी जतिपनि पड्किएन । किनभने जतिपनि नामहरु आए उनीहरुले आफूले प्रयोग गर्ने फोन दिएनन् अर्को फोन दिए भन्नेकुरा सार्वजनिक भएको छ । राजनीतिक हस्तक्षेप भयो, के भयो कुन्नी मिडिया ट्रायल गरेर सूचना लिक गर्ने बाध्यतामा प्रहरी पुगेको छ । त्यो कन्फिडेन्ट गृहमन्त्रीज्यूले प्रहरीलाई दिन नसक्नुभएको हो कि पार्टी भित्रको दबाब तपाईंले थेग्न नसक्नुभएको हो ?’

    सभापति लामिछानेले अपुरो अनुसन्धान हुँदा अदालतले गर्ने न्याय निरुपण पनि आलोचित हुनसक्ने बताए । उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अनुसन्धानले सुनपानी छर्किने काम भएको भन्दै यसलाई निष्कर्षमा पुर्याउन सुझाव दिए ।

    उनले भने,’तपाईंसँग मेरो अझैपनि विश्वास टुटेको छैन । तर अनुसन्धानबाट सुनपानी छर्कने काम भएको छ । मलाई शंका राजनीतिक दल र नेताहरुले दबाब दिए कि प्रभावमा पारे कि भन्ने लागेको छ । कयौँ अनुसन्धान अपुरो भयो । कसैले प्रश्न गर्न नसक्ने गरी यसलाई निष्कर्षमा पुर्याउनुपर्यो ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend