logo

२०८३ साउन १४ बिहिबार

सर्वोच्चद्वारा ललिता निवास प्रकरणमा माधव र बाबुरामलाई साक्षीका रुपमा मात्र राख्नुको कारण माग

सर्वोच्चद्वारा ललिता निवास प्रकरणमा माधव र बाबुरामलाई साक्षीका रुपमा मात्र राख्नुको कारण माग


हाम्रो राष्ट्र
  • मंगलबार, ९ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि मुद्दा नचलाउनुको कारण मागेको छ ।

    न्यायाधीश विनोद शर्माको एकल इजलासले विपक्षी नेपाल सरकार, सीआईबीलगायतलाई कारण देखाउ आदेश जारी गरेको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाइएको भन्दै रिट दायर गरेका थिए ।

    सर्वोच्चले नेपाल र भट्टराईमाथि मुद्दा चलाउनु नपर्ने कारणसहित १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिएको छ । सीआईबीले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन भूमिसुधारमन्त्री, सचिव, मालपोत र नापीका कर्मचारी, जग्गा खरिदकर्तालगायतविरुद्ध कीर्ते अभियोगमा मुद्दा दायर गरेको थियो ।

    यो मुद्दामा पूर्वप्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै सार्वजनिक आलोचना भएपछि सीआईबीले मौकाको कागज गरी पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई सरकारी साक्षीको रुपमा प्रस्तुत गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend