logo

२०८३ असोज ८ बिहिबार

गठबन्धनकै सहमतिमै प्रधानमन्त्रीले चीनसँग सम्झौता र समझदारी गर्नुभएको होः कार्यवाहक प्रधानमन्त्री खड्का

गठबन्धनकै सहमतिमै प्रधानमन्त्रीले चीनसँग सम्झौता र समझदारी गर्नुभएको होः कार्यवाहक प्रधानमन्त्री खड्का


हाम्रो राष्ट्र
  • बुधबार, १० असोज २०८०
  • 1.2K
    SHARES

    कर्णाली । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताएका छन् ।

    बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कानुन बनाउन ढिलाइ हुँदा नागरिकले सङ्घीयताको अनुभूती गर्न नपाएको भन्दै सङ्घीयता कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताएका हुन् ।

    उनले सङ्घीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले निजामति र प्रहरीसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने तयारी गरिरहेको बताए ।

    कार्यवाहक प्रधानमन्त्री खड्काले सुशासन, विकास निर्माण र देशको समृद्धिका लागि सरकारले देखिने गरी काम गरिरहेको बताए । उनले केही दिनभित्रै सुशासनसम्बन्धी कार्यक्रम घोषणा गर्न लागिएको पनि जानकारी दिए ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठन्धन दलको सहमतिमै चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा कार्यान्वयनका लागि सहमति जनाएको बताए । ‘चीनसँग भएका सहमति र सम्झौता देश हितमा छन्’, उनले भने, ‘गठबन्धनकै सहमतिमै प्रधानमन्त्रीले सम्झौता गर्नुभएको हो ।’

    उनले विकास–निर्माणका सन्दर्भमा देखिएका कानुनी अड्चन हटाउन केही नेपाल ऐन संशोधनको प्रक्रिया अघि बढेको बताए । ‘सडकलगायतका पूर्वाधार बनाउन बनको जग्गा उपभोगमा ठूलो समस्या देखिएको छ’, उनले भने, “त्यसलाई हटाउनका लागि केही नेपाल ऐन संशोधनलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएका छौं ।’

    रक्षामन्त्री खड्काले सुर्खेत विमानस्थल विस्तारमा सबैको साथ र सहयोग हुन आवश्यक रहेको बताए । प्रभावित क्षेत्रका जनतालाई साथमा लिएर विमानस्थल विस्तार गर्नुपर्ने उनको भनाइ छ ।

    ‘अहिलेको विमानस्थल बढीमा चार सय मिटर विस्तार गर्न मिल्छ, भविष्यका लागि यो विमानस्थलले भार थेग्न सक्दैन’, उनले भने, ‘अहिलेलाई सुर्खेत विमानस्थल विस्तार गर्दै रामघाटमा भविष्यका लागि ठूलो विमानस्थल आवश्यक छ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend