logo

२०८३ असोज ८ बिहिबार

इन्द्रजात्रामा हेर्न पैदल हिँडेरै पुगे राष्ट्रपति पौडेल वसन्तपुर

इन्द्रजात्रामा हेर्न पैदल हिँडेरै पुगे राष्ट्रपति पौडेल वसन्तपुर


हाम्रो राष्ट्र
  • बिहिबार, ११ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन पैदल हिँडेरै जात्रास्थलमा पुगेका छन् । राष्ट्रपति पौडेल इन्द्रजात्रामा सहभागी हुन पैदल हिँडेर बसन्तपुर गएका हुन् ।

    जुद्धशम्शेरको शालिकदेखि उनीहरू बसन्तपुरसम्म हिँडेर गएका छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत पनि हिँडेरै ईन्द्रजात्रा हेर्न पुगेका छन् । उनीहरूलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन्।

    राष्ट्रपति पौडेलले यसअघि नै सर्वसाधारणको बाक्लो उपस्थिति रहने जात्रामा आफू सर्वसाधारणलाई दुःख नहुने गरी सहभागी हुने बताएका थिए ।

    तस्बिर : रत्न श्रेष्ठ/रासस

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend