logo

२०८३ साउन १४ बिहिबार

प्रधानमन्त्रीद्वारा सिचुवान प्रान्तका सेक्रेटरीसँग भेटवार्ता

प्रधानमन्त्रीद्वारा सिचुवान प्रान्तका सेक्रेटरीसँग भेटवार्ता


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ असोज २०८०
  • 793
    SHARES

    काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छेन्दुमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी एवं सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष वाङ सियाओहुई  नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।

    शुक्रबार भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी, प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेट वार्ता र दुई देशको तर्फबाट जारी सम्झौताको स्मरण गर्दै छुङकिङ, तिब्बत र सिचुवानको भ्रमण र पार्टी प्रमुखहरूसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच पारवहन सन्धिको कार्यान्वनले नेपाल अब भूपरिवेष्ठित देश होइन भू–सम्बन्ध जोड्ने देश भएको बताए। सो क्रममा सिचुवान प्रान्तका पार्टी सेक्रेटरी वाङले प्रचण्ड चीनको असल साथी भएको र नेपाल–चीन सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास व्यक्त गरेका थिए ।

    नेपाल र चीनबीच भएको समझदारी कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको समेत वाङले बताए। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल शनिबार छेन्दुबाट नेपाल फर्किने कार्यक्रम रहेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend