logo

२०८३ असोज ८ बिहिबार

रास्वपाद्वारा मूल्यबृद्धिको विरोध, प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार

रास्वपाद्वारा मूल्यबृद्धिको विरोध, प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार


हाम्रो राष्ट्र
  • आइतबार, १४ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्धनमा गरिएको मूल्यबृद्धिको विरोधमा प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गरेको छ । पार्टी सभापति रवि लामिछानेले सामाजिक संजालमार्फत मूल्यबृद्धिप्रति गम्भीर आपत्ति रहेको भन्दै बैठक बहिष्कार गरेको जनाएका छन् ।

    उनले भनेका छन्, ‘चाड पर्वहरुको मुखमा आमउपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यबृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ । यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिष्कार गरेका छौ । थप कार्यक्रम बारे जानकारी दिनेछौं।’

    निगमले शनिबार मध्यरातिदेखि लागू हुनेगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २ सय १५ रुपैयाँ मूल्यबृद्धि गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend