logo

२०८३ असोज ८ बिहिबार

महामन्त्री थापाको प्रस्तावः अढाई वर्ष समाजवादी मोर्चाले सरकार चलाओस्, त्यसपछिको अढाई वर्ष कांग्रेस एक्लै चलाउँछ

महामन्त्री थापाको प्रस्तावः अढाई वर्ष समाजवादी मोर्चाले सरकार चलाओस्, त्यसपछिको अढाई वर्ष कांग्रेस एक्लै चलाउँछ


हाम्रो राष्ट्र
  • आइतबार, १४ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजवादी मोर्चालाई सरकार चलाउने जिम्मा दिन प्रस्ताव गरेका छन् । नेपाली कांग्रेस रुपान्तरण अभियान बागमतीले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले समाजवादी मोर्चालाई सरकार चलाउन जिम्मा दिनुपर्ने प्रस्ताव गरेका हुन् ।

    उनले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायम राखी मन्त्री मात्र फिर्ता बोलाउनुपर्ने बताए । उनले भने, ‘अढाई वर्ष समाजवादी मोर्चाले सरकार चलाओस् त्यसपछिको अढाई वर्ष कांग्रेस एक्लै चलाउँछ । त्यसपछि भएन भने कांग्रेसले गरेन भन्न मिल्छ ।’ महामन्त्री थापाले २०८४ को चुनावमा कांग्रेसले गठबन्धन नगर्नेसमेत बताए ।

    उनले भने, ‘८४ मा चुनावी गठबन्धन हुँदै हुँदैन । कांग्रेसभित्र कुरै गर्न पाउँदैन ।’ उनले गठबन्धन गर्दा डेमोक्रेसीको आत्मा मारेको टिप्पणी गरे । महामन्त्री थापाले अहिलेको प्रदेशको काम नभएको समेत बताए ।

    उनले भने, ‘प्रदेश कामकाजी छैन । हामीले कानुन बनाएका छैनौँ । कार्यालय राखिदिएका छौँ । पंगु बनाइदिएका छौँ । मुख्यमन्त्री माओवादीले सरकार ढाल्ने भयो बनेर मन्त्रालय फुटाउन के गर्ने भनेर काठमाडौंमा हुनुहुन्छ रे । म खोजिरहेको छु । हिजो केन्द्रीय समितिबाट निर्णय गरेका होइनौँ ? यस्ता मुख्यमन्त्री गए जाओस् तर मन्त्रालय थप्दिन भन्न सक्नुपर्छ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend