logo

२०८३ साउन १४ बिहिबार

‘बच्चन पाण्डे’ ट्रेलर लन्च : यस्तो छ अक्षयदेखि कीर्ति सेननसम्मको कमेडी-एक्सन

‘बच्चन पाण्डे’ ट्रेलर लन्च : यस्तो छ अक्षयदेखि कीर्ति सेननसम्मको कमेडी-एक्सन


हाम्रो राष्ट्र
  • आइतबार, ८ फाल्गुन २०७८
  • 2.1K
    SHARES

    अक्षय कुमार स्टारर प्रतीक्षित बलिउड एक्सन–इन्टरटेनर ‘बच्चन पाण्डे’को अफिसियल ट्रेलर लन्च भएको छ । निर्माता साजिद नाडियावालाले जन्मदिन छेकोमा शुक्रबार ट्रेलरलाई सार्वजनिक गरेका हुन् ।

    यो एक्सन कमेडी फिल्म आगामी चैत ४ गते रिलिज हुनेछ । एक्सन, कमेडी र क्राइमको तत्व मिश्रण गरिएको ट्रेलरमा समावेश ब्याकग्राउन्ड स्कोरलाई रुचाइएको छ ।

    फरहाद सम्जी निर्देशित फिल्ममा अक्षयले अहिलेसम्म नगरेको चुनौतिपूर्ण भूमिका निर्वाह गरेका छन् । ट्रेलर लन्च गर्दै निर्देशक नाडियावालाले यो फिल्म आफ्नो लागि खास रहेको बताएका छन् ।

    ‘बच्चन पाण्डे’ नाडियावाला ग्रान्डसनसँग दशौं सहकार्यको प्रोजेक्ट हुनेछ । अभिनेत्री ज्याकलिन फर्नान्डिजको भने यो ब्यानरसँग आठौं हो । कीर्ति सेनन, पंकज त्रिपाठी, सञ्जय मिश्र, अभिमन्यु सिंह, अरसद वारसी र ज्याकलिन फर्नान्डिजको समेत यसमा मूख्य भूमिका छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend