logo

२०८३ साउन १४ बिहिबार

शेयर बजारमा २१ अङ्कको गिरावट

शेयर बजारमा २१ अङ्कको गिरावट


हाम्रो राष्ट्र
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । बिहीबार पनि शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । बिहीबार नेप्से २१ दशमलव १५ अङ्कले घटेर दुई हजार ७० दशमलव ४१ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ ।

    बजारसँगै कारोबार रकम पनि लगातार घटिरहेको छ । आज दुई सय ५६ वटा कम्पनीका ४७ लाख ४७ हजार कित्ता शेयर एक अर्ब ६८ करोड ४९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको पाँच करोड ३८ लाख र अपी पावर कम्पनीको पाँच करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज सबैभन्दा धेरै युनिलिभर नेपालको शेयर झन्डै छ प्रतिशत र सर्पोट लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि राप्ती हाइड्रो कम्पनीको शेयर आज साढे पाँच प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend