logo

२०८३ कार्तिक १२ बुधबार

स्वास्थ्यमन्त्रीद्वारा अस्पताल निरीक्षण

स्वास्थ्यमन्त्रीद्वारा अस्पताल निरीक्षण


हाम्रो राष्ट्र
  • मंगलबार, २० कार्तिक २०८१
  • 2K
    SHARES

    स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आज निरीक्षण गर्नुभएको छ । त्यस क्रममा उहाँले अस्पतालको निर्माणधीन भवनको निरीक्षण गर्दै निर्धारित समयमा काम पूरा गर्न निर्देशन दिनुभयो ।

    उहाँलाई अस्पतालका प्रमुख श्रीराम तिवारीले अस्पतालमा उपलब्ध उपचार सेवा र जनस्वास्थ्यका क्षेत्रमा अस्पतालले निर्वाह गरेको भूमिकबारे जानकारी दिनुभएको थियो ।

    अस्पताल भवन निर्माणकर्ता कम्पनीले समयमा काम पूरा नगर्दा तेस्रो पटक म्याद थपिएको जानकारी दिँदै प्रमुख तिवारीले भवन सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको गुनासो गर्नुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend