logo

२०८३ साउन १४ बिहिबार

जापानको शिगामा भारत र जापानको संयुक्त सैन्य प्रशिक्षण शुरु हुँदै

जापानको शिगामा भारत र जापानको संयुक्त सैन्य प्रशिक्षण शुरु हुँदै


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 2.1K
    SHARES

    भारत र जापानको संयुक्त सैन्य प्रशिक्षण जापानको शिगा प्रान्तको क्याम्प इमाजुमा आजदेखि सुरु हुँदैछ । रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ‘धर्म संरक्षक’ अभ्यासले भारतीय सेना र जापानी भू–आत्मरक्षा बलह बीचको रक्षा सहयोगको स्तरलाई अझ बृद्धि गर्ने उल्लेख छ ।

    संयुक्त अभ्यासका क्रममा दुई राष्ट्रका सेनाले योजना निर्माण गर्ने र कार्यान्वयनमा अन्तर सञ्चालनशीलतालाई बलियो बनाउन विभिन्न किसिमका अनुभवहरू आदानप्रदान गर्नेछन् ।

    भारतले विभिन्न देशहरूसँग गरेको सैन्य प्रशिक्षण अभ्यासहरूको श्रृङ्खलामा यो जापानसँग हुने एक वार्षिक प्रशिक्षण कार्यक्रम हो ।

    यस कार्यक्रममा वर्तमान विश्वव्यापी परिस्थितिको विकसित पृष्ठभूमिमा दुबै राष्ट्रहरूले सामना गर्ने सुरक्षा चुनौती लगायातका महत्वपूर्ण सुरक्षाका आयामहरू समेटिने छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend