logo

२०८३ साउन १४ बिहिबार

महिला टी–२० विश्वकपमा अस्ट्रेलियाद्वारा श्रीलङ्का पराजित

महिला टी–२० विश्वकपमा अस्ट्रेलियाद्वारा श्रीलङ्का पराजित


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । दक्षिण अफ्रिकामा चलिरहेको महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले श्रीलङ्कालाई १० विकेटले हराएको छ । अस्ट्रेलियाको यो लगातार तेस्रो जित हो ।

    जितको लागि १ सय १३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १५ ओभर ५ बलमा कुनै विकेट नगुमाइ भेट्टायो । उसका एलिसा हेली ५४ तथा बेथ मुनी ५६ रनमा अविजित रहे । हेली महिला टी–२० विश्व कपमा ७ अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् ।

    हेलीले वेस्टइन्डिजकी स्टेफली टेलर र न्युजिल्यान्डकी सुजी बेट्सको समान ६ अर्धशतकको कीर्तिमान तोडेकी हुन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । श्रीलङ्काकी हर्षिता माधवीले सर्वाधिक ३४ रन बनाइन्।

    समूह ‘ए’ मा अस्ट्रेलिया ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ । श्रीलङ्का ३ खेलमा २ मा जित र १ मा हारसहित ६ अङ्कका साथ दोस्रो स्थानमा छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend