logo

२०८३ असोज ६ मंगलबार

एलएमसि वडा कप चेस: आशिष फूँयालले जिते उपाधि

एलएमसि वडा कप चेस: आशिष फूँयालले जिते उपाधि


हाम्रो राष्ट्र
  • आइतबार, ५ माघ २०८२
  • 2.1K
    SHARES

    ललितपुर: ललितपुर महानगरपालिका वडा नं १९ को आयोजना तथा फिडे वर्ल्ड चेसको तत्वावधानमा भएको वडा कप खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

    दोलखाका आशिष फूँयालले ८ अंक जोड्दै उपाधि जितेका छन्। नवौं चरणमा सिएम सजिन महर्जनविरुद्ध कठिन जित दर्ता गर्दै उनले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे।

    द्वितीय स्थान धरानका मुहान नरसिंह श्रेष्ठले ७.५ अंक सहित प्राप्त गर्दै नगद १० हजार पाएका छन्। समान अंकका साथ भक्तपुरका निकेन कुसाथा तृतीय भए (नगद ८ हजार)। चौथो र पाँचौं क्रमशः सिएम सजिन महर्जन र सुरज महर्जन रहे।

    समान ७ अंक बनाउने अन्य खेलाडीहरूमा मकवानपुरका एफएम क्षितिज भण्डारी, काठमाडौँका बद्रीलाल नेपाली, पाँचथरका रिसोन थापा, काठमाडौँका सिएमए केशव श्रेष्ठ, स्याङ्जाका आकाश सुवेदी रहेका छन्।

    विभागीय पुरस्कारहरू:

    • महिलामा: झापाली पुनम प्रसाईं प्रथम, कृतिशारा अधिकारी द्वितीय
    • उत्कृष्ट नयाँ खेलाडी: चितवनका सत्यम शर्मा प्रथम, पोखराका आयुष भण्डारी द्वितीय
    • उत्कृष्ट सिनियर: काठमाडौँका सीएम नवीन तण्डुकार प्रथम, सीएम भगवती प्रसाद शर्मा द्वितीय
    • उत्कृष्ट युवा-१६: मोरङका कशिभ कार्की प्रथम, काठमाडौँका सुभनदीप थापा द्वितीय
    • युवा-१४: भक्तपुरका प्रत्युस श्रेष्ठ प्रथम, साँखुका सोहम श्रेष्ठ द्वितीय
    • युवा-१२: भक्तपुरका हृदय बस्नेत प्रथम, ललितपुरका सोयस राई द्वितीय
    • उत्कृष्ट रेटिङ १८ सय मुनि: भक्तपुरका प्रेम खड्का प्रथम, पोखराका शिशिर तिवारी द्वितीय
    • रेटिङ १६ सय मुनि: ललितपुरका श्रीयस दाहाल प्रथम, बनेपाका राजन बजगाईं द्वितीय
    • उत्कृष्ट स्थानीय: प्रलेस महर्जन प्रथम, विजय महर्जन दोस्रो, रौतहटका मुकेश बर्मा तृतीय

    पुरस्कार वितरण कार्यक्रम पाटनको रातो मच्छिन्द्रनाथ बहालमा सम्पन्न भएको थियो। प्रमुख अतिथि उपमेयर मन्जली शाक्य बज्राचार्यले विजेतालाई नगद १ लाख १ हजार प्रदान गरे। कार्यक्रममा वडा अध्यक्ष राजेन्द्र महर्जनको सभापतित्वमा नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकार, खेल संयोजक बिरेन्द्र ताम्राकार, प्रविन श्रेष्ठ, निर्मला खड्गी लगायतको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend